Section 30
वातावरण सफा राख्नु पर्ने
(१) पर्वतारोही दलले पर्वतारोहण गर्दा वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना गर्नु पर्नेछ । (२) उपदफा(१) बमोजिम तोकिएको शर्तको पालना नगरेबाट कसैको ज्यू–ज्यानमा वा कुनै सरकारी वा गैरसरकारी सम्पत्तिमा हानी नोक्सानी हुन गएमा सम्बन्धित पर्वतारोहीले र उक्त दलले नतिरेमा सिफारिश गर्ने संस्थाले नेपाल सरकारले निर्धारण गरे बमोजिम क्षतिपूर्ति तिर्नु पर्नेछ ।